बार्सिलोनाले भन्यो– ‘मेस्सीको उपचार हुँदैछ’

एजेन्सी, पुस १३
स्पेनिस फुटबल क्लब बार्सिलोनाका फरवार्ड तथा कप्तान लिओनल मेस्सीले आगामी खेल गुमाउने भएका छन् । उनको दायाँ खुट्टाको जोर्नीमा समस्या देखिएपछि उपचार चलिरहेको छ । क्लब बार्सिलोनाले अफिसियल रूपमा प्रेस नोट जारी गरेर मेस्सीको स्वास्थ्य अवस्थाबारे जानकारी दिएको छ । मेस्सीको उपचार सकिएको छ । अन्तिम जाँचपछि मात्रै उनले मेडिकल पास पाउनेछन् ।

मेस्सीको चोटको अवस्था सामान्य रहेको छ । उनले ५–६ दिनसम्म आराम गरेपछि मैदान फर्किन पाउनेछन् । तर, बुधबार राति ला लिगामा हुने एइबारसँगको खेल भने मेस्सीले गुमाउने बार्सिलोनाले पुष्टि गरेको । मेस्सीले जनवरी ३ तारिखमा हुने हुएस्काविरुद्धको खेलबाट मैदान फर्किनेछन् ।

प्रकाशित मिति १३ पुष २०७७, सोमबार ०७:००
Loading...