ग्वार्डिओला २१औं शताब्दीकै सर्वोत्कृष्ट प्रशिक्षक घोषित

काठमाडौं, पुस १३
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला २१औं शताब्दीकै सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । ४४ वर्षीय स्पेनिस कोचलाई दुबई अन्तर्राष्ट्रिय खेलकुद परिषद्ले गत राति दुबईमा एक समारोहबीच ‘कोच अफ् द सेन्चुरी’ घोषित गरेको हो ।

शताब्दीकै बेस्ट कोचको अन्तिम मनोनयनमा ग्वार्डिओलासँगै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व महान् प्रशिक्षक एलेक्स फर्गुस र स्पेनिस रियल मड्रिडका जिनेदिन जिदान परेका थिए । फर्गुसन र जिदानलाई पछि पार्दै ग्वार्डिओला सेन्चुरी कोच घोषित भए ।

ग्वार्डिओलाले पूर्वक्लब स्पेनिस बार्सिलोनामा छँदा ठूला सफलता पाएका थिए । उनले सो क्लबबाट ट्रिबेल उपाधिसहित दुई च्याम्पियन्स लिग जितेका थिए । त्यसपछि उनले जर्मन क्लब बार्यन म्युनिखबाट मनग्ये सफलता पाए । हाल सिटीमा रहेका उनले त्यहाँबाट शानदार काम गरिरहेका छन् । तर, बार्सिलोना छाडेपछि उनले कुनै पनि क्लबबाट च्याम्पियन्स भने जित्न सकेका छैनन् ।

प्रकाशित मिति १३ पुष २०७७, सोमबार ०४:२६
Loading...