सहज जितसहित सिटी प्रिमियर लिगको पाँचौं स्थानमा चढ्यो

काठमाडौं, पुस १२
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ । गत राति भएको लिगको १४औं साताको खेलमा सिटीले आफ्नो घरेलु मैदानमा पाहुना टोली न्युक्यासलमाथि २–० को जित निकाल्न सफल भयो । यससँगै सिटीले लिगका पछिल्ला ५ खेलमध्ये ३ खेलमा जित र २ मा बराबरी गरेको छ ।

सिटीलाई जिताउनेक्रममा खेलको १४औं मिनेटमा इकाई गुन्डोगानले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । उनले रहिम स्टर्लिङको पासमा गोल गरेका थिए । त्यसपछि सिटीका लागि खेलको ५५औं मिनेटमा युवा स्टार फेर्रान टोरेजले गोल गरेपछि खेल सिटीले २–० ले जित्यो ।

अब यो जितपछि सिटीले १४ खेलबाट २६ अंक जोडेको छ । ऊ पाँचौं स्थानमा चढेको छ । सिटी अझै पनि समान १४ खेल नै खेलेको लिभरपुलभन्दा ५ अंकले पछि छ । यता, पराजित न्युक्सायल भने १४ खेलपछि १८ अंकका साथ १२औं स्थानमा छ ।

प्रकाशित मिति १२ पुष २०७७, आईतवार ०३:११
Loading...