प्रिमियर लिगमा आज लेस्टर सिटी र म्यानचेस्टर युनाइटेड भिड्दै

काठमाडौं, पुस ११
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज विभिन्न ६ खेलहरू हुँदैछन् । आज हुने खेलहरूमध्ये एक खेलमा लिगका दुई बलिया टोलीहरू लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको रोमाञ्चक खेल पनि हुनेछ । सो खेल लेस्टरको घरेलु मैदानमा नेपाली समयअनुसार साँझ ६ः१५ बजेबाट सुरु हुनेछ ।

हाल अंक तालिकामा लेस्टर १४ खेलपछि २७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । ऊ लिग लिडर लिभरपुलभन्दा ४ अंकले पछि छ । यता, युनाइटेडले १३ खेल खेलेर २६ अंक जोड्दै तेस्रो स्थानमा छ । शीर्ष टोली लिभरपुल र दोस्रो स्थानको लेस्टरभन्दा एक खेल कम खेलेको युनाइटेडका लागि अंक तालिका अवस्था सुधार गर्न आजको खेल महत्त्वपूर्ण हुनेछ ।

लेस्टर आज आफ्नो घरेलु मैदानमा उत्रिँदा युनाइटेडमाथि स्पष्ट जित निकालेर शीर्ष टोली लिभरपुलसँगको अंक दूरी १ मा छोट्याउने दाउमा छ । तर, पराजित भए उसलाई युनाइटेडले २ अंकले पछि पार्दै दोस्रो स्थानमा चढ्नेछ ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार ०६:१८
Loading...