राजेश हमाल अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं, पुस ११
पछिल्लो समय लगातार म्युजिक भिडियोमा देखिन थालेका महानायक राजेश हमालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हमाल अभिनित म्युजिक सार्वजनिक भएको हो । गायिक रेनु विष्टले गाएको ‘मैले चोट खाँदा’ शीर्षकको गीतमा हमाललाई फिचर गरिएको छ । गीतमा हरि लम्सालले संगीत दिएका छन् ।

सो भिडियोलाई शिव बिकले निर्देशन गरेका छन् । म्युजिक भिडियोलाई ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानलले सार्वजनिक गरेको छ । यो समाचार बनाउँदासम्म भिडियोलाई १ लाख ३१ हजारपटक हेरिएको छ । गीतमा हमालसहित कमला दाहाललगायत कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार ०४:१९
Loading...