खाली पेटमा चिया पिउनु ‘विष’ पिउनुसरह : चिया पिउनेहरूले पढौं

हामीकहाँ मात्रै नभएर विश्वभरमै दैनिक चिया पिउनु एक बानीजस्तै बनेको छ । धेरैले यसलाई सामान्य भेटघाट र कुराकानी हुँदा बहाना बनाएर चुस्की लिने गर्छन् । कतिले चिया गफलाई समय कटाउने बहाना पनि बनाउँछन् ।

सामान्यतः हाम्रो देशमा करिब ८० देखि ९० प्रतिशत जनसंख्या बिहान उठ्नासाथ चिया पिउँछ । बेड (खाट) टीको कल्चर (संस्कार) सहरमा मात्रै छैन्, यो गाउँघरमा पनि छन् । यो समयका धेरैजसो मानिस आफ्नो हरेक नयाँ दिनको सुरुआती चियाबाटै गर्छन् ।

तर, स्वास्थ्यका हिसाबले भने यसलाई राम्रो बानी मानिँदैन । विभिन्न अध्ययनहरूलाई मान्ने हो भने खाली पेटमा चिया पिउनु एउटा खराब बानी हो । खास गरी गर्मी मौसममा । चियामा केही मात्रामा कफि हुन्छ । र, साथै यसमा एल–थायनिन, थियोफाइलिन पनि हुन्छ, जसले उत्तेजितको काम गर्छ ।

हो । तपाईंले बिहान उठेर हल्काफुल्का नास्ता खाइसकेपछि चिया खान सक्नुहुन्छ । यसका साथै तपाईं एकदमै चिया पिउनुहुन्छ भने सावधानी अपनाउनुस् । यसबाट पेटको आन्द्रामा हानी पुग्छ ।

कतिपय मानिसलाई ब्ल्याक टी पिउन मनपर्छ । उनीहरूलाई चियामा दूध मिलाएर पिउनु राम्रो लाग्दैन । तर, उनीहरूलाई यो थाहा नहुन सक्छ कि, स्वास्थ्यका लागि यो खतरनाक साबित हुनसक्छ । यसका साथै चियामा राखिने चिनीले तपाईंलाई मोटो बनाउन सक्छ ।

बिहान उठेर खाली पेटमा चिया पिउदा हुने हानीहरू :

१) बिहान उठेर खाली पेटमा चिया पिउँदा बाइल जुसको प्रक्रिया अनियमित हुन्छ, जसले तपाईंलाई बान्ता हुनसक्छ ।

२) सामान्यतया ब्ल्याक टिलाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ । तर, पेट फुल्छ भने भोक लाग्दैन ।

३) अधिकांश मानिस दूध हालेको चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि, खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै, व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आउँछ ।

४) यदि तपाईंलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने खतरा एकदमै बढी हुन्छ ।

५) थुप्रै मानिस एकैपटक धेरै चिया बनाउँछन् । र, त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटक–पटक तताएर चिया पिउनु स्वास्थ्यका लागि ज्यादै खतरनाक मानिन्छ । त्यस्तो चिया पिउँदा निखारिएको चियाको कलरले आन्द्रामा घाउ लाउनेखि लिएर अल्सरको जोखिम बढाउँछ ।

प्रकाशित मिति ११ पुष २०७७, शनिबार ०२:३२
Loading...