चर्चित फिल्म ‘छक्कापन्जा–३’ युट्युबमा सार्वजनिक : पूरा फिल्म यहाँबाट हेरौं

काठमाडौं, पुस ९
दीपकराज गिरी र दीपाश्री निरौलाको सुपरहिट फिल्म ‘छक्कापन्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । हाईलाइट्स नेपालको युट्युब च्यानलमार्फत् फिल्म बुधबार साँझ सार्वजनिक गरिएको हो । सो फिल्म सार्वजनिक भएको २४ घन्टा नबित्दै ट्रेन्डिङमा पर्न सफल भएको छ !

सो फिल्मलाई दीपाश्रीले निर्देशन गरेकी छन् भने निर्मातासमेत रहेका दीपकराज गिरी, दीपिका प्रसार्ईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङलगायत कलाकारले मुख्य भूमिकामा अभिनय गरेका छन् । फिल्ममा प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइरालालाई पनि अतिथि भूमिका देख्न पाइन्छ ।

पूरा फिल्म यहाँबाट हेरौं :

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार १७:१७
Loading...