पिएसजीका प्रशिक्षक टुचेल बर्खास्त : अब को बन्ला नयाँ प्रशिक्षक ?

एजेन्सी, पुस ९
फ्रेन्च क्लब पिएसजीले आफ्ना प्रशिक्षक थोमस टुचेललाई पदबाट बर्खास्त गरेको छ । लिग वान फुटबलमा गत राति पिएसजीले स्ट्रासवर्गलाई ४–० ले हराएको २४ घन्टा नबित्दै पिएसजीले टुचेललाई पदबाट हटाएको फ्रेन्च मिडियाले जनाएका छन् । तर यो समाचार बनाउँदासम्म क्लब पिएसजीले भने यसको घोषणा गरिसकेको छैन । अब टुचेललाई पदबाट हटाएसँगै नयाँ प्रशिक्षकमा इंग्लिस क्लब टोटनह्यामका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिनोलाई सम्भावित नयाँ प्रशिक्षकका रूपमा हेरिएको छ । अर्जेन्टिनी पोचेटिनो पिएसजीकै पूर्वखेलाडी पनि हुन् ।

पिएसजीले टुचेलको बर्खास्ती र पोचेटिनो नियुक्तिको घोषणा सँगै गर्ने बुझिएको छ । पोचेटिनो गत सिजन नै टोटनह्यामबाट बर्खास्तीमा परेपछि त्यसयता खाली छन् । उनी युरोपको कुनै ठूलो क्लबको अफर पर्खिरहेका थिए ।

टुचेलको नेतृत्वमा पिएसजी गत सिजन क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । तर, फाइनलमा ऊ जर्मन क्लब बार्यन म्युनिखसँग पराजित भयो । यता, जारी सिजन लिगमा पिएसजीले राम्रो प्रदर्शन गर्न नसकेपछि प्रशिक्षकमाथि क्लबले कारबाही गरेको हो ।

प्रकाशित मिति ९ पुष २०७७, बिहीबार १६:१७
Loading...