स्वारेज ला लिगाको सर्वाधिक गोलकर्ताको दौडमा : यस्तो छ ताजा स्थिति

काठमाडौं, पुस ५
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्टार फरवार्ड लुइस स्वारेज लिगको सर्वाधिक गोलकर्ताको सूचीमा माथि उक्लिएका छन् । गत राति एथ्लेटिकोले इल्चेमाथि ३–१ को जित निकाल्नेक्रममा २ गोल गरेपछि स्वारेजले लिग गोलमा सुधार गरेका हुन् !

ताजा सिथतिमा उरुग्वेन फरवार्ड स्वारेजले हालसम्म ७ गोल गरेका छन् । उनले ९ खेलबाट ७ गोल र १ असिस्ट गरेका हुन् । उनी अहिले सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन् । स्वारेज सर्वाधिक गोलकर्ता भिल्लारियलका जेरार्ड मोरेनोभन्दा मात्रै १ गोलले पछि छन् ।

हालको स्थितिमा मोरेनोभन्दा पछाडि रहेका ३ जनाको समान ७–७ गोल छ । यता, बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले भने हालसम्म मात्रै ६ गोल गरेका छन् । उनी समग्रमा पाँचौं स्थानमा छ ।

यस्तो छ लिगका सर्वाधिक गोलकर्ताको ताजा स्थिति

जेरार्ड मोरेनो (भिल्लारियल) – ८ गोल
इयागो आसपास (सेल्टा भिगो) – ७ गोल
मिकेल ओयारजबाल (रियल सोसिडाड) – ७ गोल
लुइस स्वारेज (एथ्लेटिको मड्रिड) – ७ गोल
करिम बेन्जेमा (रिल मड्रिड) – ६ गोल
लिओनल मेस्सी (बार्सिलोना – ६ गोल

प्रकाशित मिति ५ पुष २०७७, आईतवार १५:३७
Loading...