नेपाली राजनीतिमा नयाँ तरंग : प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्ने प्रस्ताव !

काठमाडौं, पुस ५
मन्त्रीपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको छ । बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रीपरिषद्को आकस्मिक बैठक बोलाएर यस्तो प्रस्ताव गरेका हुन् । यसअघि मन्त्रीहरूलाई समेत जानकारी नदिई सरकारले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । तर, नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा सांसदहरू निवेदन दर्ता नगरी फिर्ता भएका थिए । तर, प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिएको भन्दै विवाद थप तनावपूर्ण बनेको छ । लगत्तै पाँच वर्षे कार्यकाललको संसद विघटन गर्न प्रस्ताव गरेपछि ओलीको कदमले देशैभरि चर्को विरोध सुरु भएको छ । यता, ओलीले आगामी वैशाख २३ गतेका लागि आम निर्वाचनका मिति सीमित तय गरेको स्रोतले बताएको छ ।

प्रकाशित मिति ५ पुष २०७७, आईतवार ०७:०७
Loading...