तेस्रो स्थानको साउथह्यामपटनमाथि सिटीको कठिन जित

काठमाडौं, पुस ४
इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन संघर्ष गरिरहेको म्यानचेस्टर सिटीले कठिन जित निकालेको छ । शनिबार राति भएको लिगको १३औं साताको खेलमा सिटीले लिगको तेस्रो स्थानको साउथह्यामपटनमाथि ०–१ को कठिन जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले खेलको १६औं मिनेटमा गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो । सो गोल रहिम स्टर्लिङले केभिन डे ब्रुयानेको पासमा गरेका थिए । अन्ततः सिटीले सोही अग्रता निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ६ मिनेटसम्म पनि जोगाएर खेल ०–१ ले जित्यो ।

यससँगै सिटीले १३ खेल सकिँदा कूल २३ अंक जोडेको छ । यो समाचार बनाउँदासम्म सिटी लिगको छैटौं स्थानमा छ । अन्य टोलीको खेलपछि यो अंक तालिका फेरबदल हुन सक्नेछ । पराजित साउथह्यामपटन तेस्रो स्थानबाट चौथोमा झरेको छ । उसको खातामा २४ अंक छ ।

प्रकाशित मिति ४ पुष २०७७, शनिबार १८:३१
Loading...