लिजेन्ड भन्छन्– ‘नेइमारबिना बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सक्दैन’

एजेन्सी, भदौ २७
स्पेनिस बार्सिलोना तथा ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले युरोपियन च्याम्पियन्स लिग जित्नकै लागि भएपनि बार्सिलोनाले नेइमार अनुबन्ध गर्नेुपर्ने बताएका छन् । उनले नेइमार फर्काउन बार्सिलोनाले विभिन्न पक्षबाट कठिन हुने भए पनि उसका लागि नेइमार अतिआवश्यक रहेको बताएका छन् ।

आज एक अन्तर्वार्तामा बोल्दै रिभाल्डोले बार्सिलोनाले ठूला उपाधि जित्न पनि नेइमार आवश्यक रहेको बताए । ‘फेरि एकपटक नेइमार बार्सिलोना फर्किने चर्चा घनिभूत रूपमा सुरु भएको छ, यसबाट म खुसी छ,’ उनले भने ।

रिभाल्डोले अघि थपे, ‘मेरो विचारमा यदि ठूला उपाधि जित्नु छ भने बार्सिलोनाले नेइमारलाई अन्य क्लबमा जान दिनु हुँदैन । अझ रियल मड्रिडमा जान त दिनै हुँदैन,’ रिभाल्डोले भने, ‘नेइमार फर्काउन सके बार्सिलोनाले च्याम्पियन्स लिग जित्ने सम्भावना झनै बलियो हुन्छ ।’

रिभाल्डोले बार्सिलोना फर्किंदा नेइमारलाई भन्दा क्लबलाई बढी फाइदा पुग्ने बताए । ‘यदि म गलत छैन भने नेइमार पुनः क्याम्प नोउ फर्किंदा नेइमारलाई भन्दा बढी फाइदा क्लब र मेस्सीलाई हुनेछ । यो समयले देखाउनेछ,’ रिभाल्डोले भने, ‘व्यक्तिगत ठूला सफलता पाउन नेइमारले बार्सिलोना आएर केही वर्ष पर्खिनुपर्छ ।’

प्रकाशित मिति १० भाद्र २०७६, मंगलवार १५:५५
Loading...