यस्ता छन् दिउँसो सुत्दाका फाइदाहरू

दिउँसो सुत्दा शरीर चङ्गा नहुने वा ताजापन हराउने सोचाइ कतिपय मानिसले राखेको देखिन्छ । तर, एक अध्ययनले भने दिउँसको निद्रा स्वास्थ्यका लािग निकै लाभदायक हुने देखाएको छ । स्वीट्जरल्यानडस्थित युनिभर्सिटी अस्पताल अफ् लाउजेनका अनुसन्धानकर्ताहरूको एक तथ्यले यसबारे हालै एक अध्ययन गरेको थियो ।

सो अध्ययन प्रतिवेदनअनुसार दिनको समयमा छोटो समयका लागि सुत्ने मानिसको आयु अन्य मानिसको भन्दा बढी हुन्छ । कम्तीमा पनि सातामा दुईपटक छोटो समयका लागि सुत्दा त्यो निद्रा निकै लाभदायक हुन्छ । एकपटक कम्तीमा २० मिनेटदेखि १ घन्टासम्मको निद्रालाई राम्रो मानिएको छ ।

अध्ययनअनुसार दिउँसो सुत्ने मानिसमा अन्य मानिसको तुलनामा मस्तिष्कघातको जोखिमा कम हुन्छ । रातको समयमा राम्रो नसुतेका बेला दिउँसोको निद्राले निद्राको आवश्यकता पूरा नगर्ने तर त्यसले मुडमा परिवर्तन ल्याउँछ । तर, लगातार दिउँसो सुत्नु भने राम्रो नरहने पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार १५:५५
Loading...