‘नेइमार फिफा बेस्ट अवार्डको टप–३ नपर्नु अन्यायपूर्ण’

एजेन्सी, पुस ३
फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेइमार वर्ष २०२० को पिफा वर्ष खेलाडीको अवार्डका लागि अतिन्म मनोनयनमा नपर्नु अन्यायपूर्ण भएको ब्राजिलका लिजेन्ड खेलाडी रिभाल्डोले बताएका छन् । एक अन्तर्वार्तामा कुरा गर्दै उनले आफ्नो देशका स्टार कम्तीमा टप–३ का लागि योग्य रहेको बताएका हुन् ।

यसपटक नेइमार सुरुआती मनोनयनमा परे पनि अन्तिम मनोनयनमा परेनन् । टप–३ मा पोल्यान्डका रोवर्ट लेवान्डोस्की, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी परेका थिए । जसमा गत राति लेवान्डोस्की विजेता घोषणा भइसकेका छन् ।

‘मेरो विचारमा नेइमार फिफा बेस्ट अवार्डको अन्तिम मनोनयनमा पर्न योग्य थिए । किनभने, उनले पिएसजीलाई च्याम्पियन्स लिगको फाइनलसम्म लैजान योगदान दिएका थिए,’ रिभाल्डोले भनेका छन्, ‘व्यक्तिगत रूपमा पनि वर्ष २०२० उनका लागि सन्तोषजनक थियो । जब अन्तिम मनोनयन सार्वजनिक भयो, त्यहाँ नेइमार थिएनन् । मलाई त्यो अन्यायपूर्ण लाग्यो ।’

प्रकाशित मिति ३ पुष २०७७, शुक्रबार ०७:५७
Loading...