राजेश हमाल र प्रचण्डकी नातिनीको म्युजिक भिडियोले जित्दै दर्शकको मन (भिडियो)

काठमाडौं, पुस ९
महानायकको उपाधि पाएका राजेश हमालले नयाँ म्युजिक भिडियोमा अभिनय गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा पार्टी अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालको नयाँ गीत हालसालै सार्वजिनक भएको छ । सो गीतमा हमाल र स्मिताले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

‘मालिङ्गो’ बोलको म्युजिक भिडियोलाई ‘गज्जब टिभी’ नामक युट्युब च्यानलले सार्वजनिक गरेको छ । सो गीत सुनिता नेपाल सुवेदीले लेखेकी हुन् भने गीतमा स्मिता र राजनराज शिवाकोटीले स्वर भरेका छन् !

म्युजिक भिडियोमा हमालसँगै स्मिताको जोडी छ । भिडियोमा हमाललाई पत्रिका बेच्ने हकरको भूमिकामा देख्न पाइन्छ । गीतको कथामा हमालले कलेज विद्यार्थी स्मितालाई शारीरिक हिंसामा पर्नबाट बचाएको कथा छ । दर्शकले निकै रुचाएको सो गीतलाई यो समाचार बनाउँदासम्म २० लाख ४५ हजार पटक हेरिसकिएको छ ।

भिडियो हेरौं:

प्रकाशित मिति ३० मंसिर २०७७, मंगलवार १६:३७
Loading...