के तपाईंलाईं ढाड दुख्ने समस्या छ ? कपुर हुनेछ अचूक औषधि

हाम्रो दैनिक जीवनमा कपुरको प्रयोग पूजापाठका लागि धेरैले प्रयोग गर्ने गर्छन् । यसलाई शुद्ध चिजका रूपमा लिने गरिन्छ । तर, यो एक औषधि पनि हो । यसलाई औषधिको रूपमा सही तरिकाले प्रयोग गर्न सके विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ । यहाँ यसबारे चर्चा गरिएको छ–

– जाडोका कारण कामज्वरो आएमा एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो, कपुर हालेर शरीरभरि मालिस गरेमा शरीर तातेर आउँछ । र, ठीक हुन्छ ।

– जाडो मौसममा बढ्ने श्वासप्रश्वासको समस्याले निम्त्याउने दम रोगमा कपुर अचूक औषधि साबित हुनेछ ।

– एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाएर तातो पानीसँग बिहान–बेलुका २ गोली सेवन गर्दा दम रोग केही महिनामै ठीक हुन्छ ।

– ढाड दुख्ने समस्या भएका मानिसहरूलाई पनि यसले निकै फाइदा गर्छ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाउँमा मालिस गर्दा ढाडको दुखाइ कम हुन्छ ।

– साधारण वा पुरानो खोकी लागेका मानिसले कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । सूठो, पिप्ला र मरिच एक–एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक–एक गोली दिनमा खिनमा तीन–चारपटक चुस्ने गरेमा पुरानो खोकीसमेत ठीक हुन्छ ।

– पुरानो बाथका पीडितले एक डाढु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ रोग ठीक हुन्छ ।

— आउँ भएका मानिसले दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने गरेमा जीर्ण, आउँ, सबै ठीक भएर जान्छ ।

– निद्रा नलाग्ने, मुर्छा पर्ने रोग भए फुराएको हिङमा कपुर मिसाएर केराउ जत्रो गोली बनाएर दुई–दुई गोली तातोपानीसँग खाँदा अनिन्द्राको समस्या हट्नुका साथै मुर्छा पर्ने रोग पनि ठीक हुन्छ ।

– दाँत किराले खाएमा दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ । यदि दाँतमा किरा लागेको छ भने पनि यो समस्या ठीक हुन्छ ।

– मरिचको धूलो, खयर, कपुर बराबर पिँधेर दाँत माज्ने गरेमा गिजा पाक्ने, दाँत हल्लिने समस्या पनि ठीक हुन्छ ।

– दाद वा दाग भएका मानिसले कपुर र नरिवलको तेल मिसाएर नियमित लगाउने गरे दाद तथा दागहरू बिस्तारै हराएर जान्छ ।

– हैजा लागेमा पनि कपुर काम लाग्छ । हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर १ चम्चा पानी हाली पिएमा हात गोडा तातेर आउनुका साथै हैजा भाग्छ ।

प्रकाशित मिति २९ मंसिर २०७७, सोमबार १६:४७
Loading...