आधुनिक जीवनशैलीको व्यस्त र हतारो दैनिकीमा मानिसले सबै कुरा ठीकठाक गर्न वा राख्न सक्दैनन् । वा भनौं, उनीहरूको दैनिक कार्यतालिका र सूचीमा केही न केही छुटिरहेका हुन्छन् नै । गर्ने कुरा गर्न बिर्सिरहेका हुन्छन् । ती साना–साना भए पनि आवश्यक कुरा हुन्छन् ।
हालै एक अध्ययनले यस्तो देखाएको छ कि, मानिसले दैनिक १० सामान्य कुरा जति कोसिस गरे पनि बिर्सिरहेका हुन्छन् । ‘अभेरी अफिस’ र ‘कन्जुमर प्रोडक्ट’ले २ हजार मानिसमा गरेको सहभागितामूलक एक सर्वेक्षणले यस्तो तथ्य पत्ता लगाएको छ ।
सो अध्ययनले मानिसले दैनिक जीवनमा काम गर्न खोज्दाखोज्दै पनि साना र महत्त्वपूर्ण थुप्रै कुरा बिर्सने दाबी गरेको छ । जसअनुसार मानिसले एक दिनमा गर्न सक्ने र गर्नुपर्ने सबै काम ठीकठाक गर्न सक्दैन ! सो अध्ययनका आधारमा मानिसले कम्तीमा दैनिक १० कुरा बिर्सने पत्ता लागेको छ । जुन यसप्रकार रहेका छन् :
- फोन चार्ज गर्न
- बर्थडे कार्ड पठाउन
- ‘कल ब्याक’ गर्न
- इमेलको उत्तर दिन
- मानिसहरूको नाम
- आफ्ना पासवर्ड
- फ्रिजमा राखेको मासु निकाल्न
- बोटबिरुवामा पानी हाल्न
- प्रिन्टरबाट सामान निकाल्न
- फोहोर बाहिर निकाल्न