टिम झन् कमजोर बनेपछि कोम्यानले तयारी पारे जनवरीमा भित्र्याउने ३ खेलाडीको सूची

एजेन्सी, मंसिर २६
स्पेनिस क्लब बार्सिलोनाका प्रमुख प्रशिक्षक रोनाल्ड कोम्यानले आगामी जनवरी विन्डोमा भित्र्याउने खेलाडीको सूची तयार पारेका छन् । स्पेनिस मिडियाका अनुसार डच म्यानेजरले जनवरीमा कम्तमिा ३ जना खेलाडी साइन गराउने तयारी गरेका छन् ।

कोम्यानले हालको स्थितिमा टोलीको समस्या डिफेन्स लाइन र फरवार्ड लाइनमा देखेका छन् । उनले रक्षापंक्तिमा सुधार गर्न र लुइस स्वारेजको स्थानमा नयाँ खेलाडी ल्याउन जोड दिइरहेका छन् । जसमा उनले डिफेन्समा इंग्लिस क्लब म्यानेचस्टर सिटीका स्पेनिस युवा डिफेन्डर इरिक गार्सियालाई पहिलो रोजाइमा राखेका छन् । हाल टोलीमा रहेका फ्रेन्च डिफेन्डर सामुएल उम्टिटी र जुनियर फिर्पो भने बेचिनेछन् ।

त्यसैगरी, फ्रन्ट लाइनमा स्वारेजको सथान लिने गरी कोम्यानले नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डिपेलाई भित्र्याउन पहिलो नम्बरमा राखेका छन् । उनले डिपे भित्र्याउन प्रयास गरिरहेको सार्वजनिक रूपमै बताएका छन् । त्यसैगरी, कोम्यानले यदि कप्तान लिओनल मेस्सीले क्लब छाड्ने अवस्था आए इंग्लिस क्लब लिभरपुलका मोहमद सालालाई भित्र्याउने विषयमा क्लबसँग छलफलमा रहेको बताइएको छ ।

प्रकाशित मिति २६ मंसिर २०७७, शुक्रबार १७:०१
Loading...