नायिका श्वेता खड्का विवाह बन्धनमा : यस्ती देखिइन् दुलही हुँदा

काठमाडौं, मंसिर २२
नायिका श्वेता खड्का विवाह बन्धनमा बाँधिएकी छन् । आज उनले मंसिर २२ गतेको शुभ लगनमा प्रेमी विजयन्द्रसिंह रावतसँग बिहे गरेकी हुन् । बिहे गोकर्ण रिसोर्टमा भएको हो । श्वेताले बिहेमा सीमित साथीभाइ र आफन्तलाई मात्रै सहभागी गराएकी थिइन् ।

श्वेता र विजयन्द्रको बिहे हिन्दू परम्पराअनुसार भएको हो । श्वेताका बेहुला धनगढीनिवासी हुन् । उनी परिवारका कान्छा छोरा हुन् । बेहुला व्यापारिक घराना र बेहुली कलाकार भएकाले बिहेमा पनि त्यसै क्षेत्रका मानिसलाई निम्ता गरिएको थियो । विजयन्द्र र श्वेताबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति २२ मंसिर २०७७, सोमबार ०९:३८
Loading...