स्वारेजले जिते कोरोनालाई : मैदान फर्किन तयार

एजेन्सी, मंसिर १९
स्पेनिस क्लब एथ्लेटिको मड्रिडका फरवार्ड लुइस स्वारेजले कोरोना भाइरस (कोभिड–१९) लाई जितेका छन् । ३३ वर्षीय उरुग्वेन फरवार्ड कोरोनामुक्त भएको क्लबले पुष्टि गरेको छ । एथ्लेटिकोले अफिसियल प्रेस नोट जारी गर्दै आफ्ना खेलाडीको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको बताएको छ ।

यससँगै स्वारेजले अब मैदान उत्रिन पाउनेछन् । यसै साता ला लिगामा एथ्लेटिकोले रियल भाल्लाडोलिडलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दा स्वारेजले सो खेलबाट कमब्याक गर्नेछन् । कोरोना संक्रमणपछि दुई साता क्वारेन्टिनमा बिताएपछि उनी कोरोनामुक्त भएका हुन् ।

कोरोनाका कारण स्वारेजले ला लिगामा बार्सिलोनाविरुद्ध र भ्यालेन्सियाविरुद्धका खेलहित कूल ४ खेल गुमाएका थिए । जसमा उनले च्याम्पियन्स लिमा लोकोमोटिभ मोस्को र बार्यन म्युनिखविरुद्धको खेलमा टोलीबाहिर रहेका थिए ।

प्रकाशित मिति १९ मंसिर २०७७, शुक्रबार ०८:४०
Loading...