च्याम्पियन्स लिग : लाजियोसँग बराबरी खेल्दै डर्टमुन्ड अन्तिम १६ मा

काठमाडौं, मंसिर १८
जर्मन क्लब बोरुसिया डर्टमुन्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गत राति भएको समूह चरणको पाँचौं खेलमा उसले आफ्नो घरेलु मैदानमा १–१ को बराबरी खेल्दै अन्तिम खेल बाँकी छँदै डर्टमुन्डले अर्को चरणमा स्थान तय गरेको हो ।

अब डर्टमुन्डका लागि अन्तिम खेल समूह विजेता को बन्ने भन्ने दौडका लागि हुनेछ । तर, अर्को खेलमा लाजियो र क्लब ब्रुगी भिड्नेछन् । सो खेलपछि एक टोली अर्को चरण जानेछ । सो खेलमा लाजियोलाई बराबरी भए पुग्छ भने क्लब ब्रुगीलाई अर्को चरण जान स्पष्ट जित चाहिन्छ ।

आफ्नो घरमा भएको डर्टमुन्डले खेलमा पहिला डर्टमुन्डले अग्रता लिएको थियो । खेलको ४४औं मिनेटमा राफाएल गुरेरियोले गोल गरेका थिए । तर, दोस्रो हाफमा लाजियोका लागि सिरो इम्मोबिलेले पेनाल्टीमार्फत् गोेल गर्दै खेल १–१ को बराबरी बनाए । त्यसपछि बाँकी समयमा थप गोल नभएपछि खेल बराबरीमा टुंगियो ।

अब यो बराबरीपछि डर्टमुन्ड समूह ‘एफ’ मा १० अंकसहित शीर्ष स्थानमा छ । लाजियो ९ अंकसहित दोस्रो स्थानमा छ भने क्लब ब्रुगी ७ अंकसहित तेस्रो स्थानमा छ । जेनिट १ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति १८ मंसिर २०७७, बिहीबार ०३:३०
Loading...