च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै : बार्सिलोना र युभन्टेस पनि खेल्दै

काठमाडौं, मंसिर १७
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणअन्तर्गत पाँचौं राउन्डका अन्तिम ८ खेल हुँदैछन् । यी खेल सकिएपछि समूह चरणका अन्तिम एक राउन्डका खेल मात्रै बाँकी रहनेछन् । त्यसपछि नकआउट चरण सुरु हुनेछ । आज राति हुने ८ मध्ये अधिकांश खेलमा ठूला टोलीका खेलहरू हुँदैछन् ।

आजका खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पिएसजीको खेल रोमाञ्चक हुनेछ । त्यसैगरी, जर्मन क्लब बोरुसिया डर्टमुन्ड र इटालियन नापोलीबीचको खेल पनि हेर्नलायक हुनेछ । आजै राति स्पेनिस बार्सिलोना र इटालियन युभेन्टसले पनि आ–आफ्नो खल खेल्नेछन् । त्यसैगरी, स्पेनिस सेभिल्ला र इंग्लिस क्लब चेल्सी पनि आजै राति भिड्नेछन् ।

आज रातिका खेल नेपाली समयमा :

इस्तानबुल बासाकसेहिर भर्सेस लेइपजिग – राति ११ः४० बजे
क्रस्नोडार भर्सेस रेनेज – राति ११ः४० बजे

राति १ः४५ बजेबाट एकसाथ सुरु हुने खेलहरू :

म्यानचेस्टर युनाइटेड भर्सेस पिएसजी

डर्टमुन्ड भसेस लाजियो

फेरेन्सभारोस भर्सेस बार्सिलोना

युभेन्टस भर्सेस डाइनामो किभ

क्लब ब्रुगी भर्सेस जेनिट

सेभिल्ला भर्सेस चेल्सी

प्रकाशित मिति १७ मंसिर २०७७, बुधबार ०७:४४
Loading...