घाइते हाजार्डले कति खेल गुमाउँछन् ?

एजेन्सी, मंसिर १५
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख खेलाडी इडेन हाजार्डको चोटबारे क्लबले जानकारी दिएको छ । आज रियलले अफिसियल प्रेस नोट जारी गर्दै हाजार्ड मसल इन्जुरीबाट पीडित बनेको पुष्टि गरेको छ । हाजार्ड अघिल्लो दिन ला लिगामा आफ्नो घरमा अलाभेसविरुद्धको खेलमा घाइते हुँदै २८औं मिनेटमा मैदान छाडेका थिए । रियल सो खेलमा १–२ ले पराजित भएको थियो ।

हाजार्डको मेडिकल जाँचपछि उनको मसलमा समस्या देखिएको क्लबले जनाएको छ । यससँगै बेल्जियन खेलाडीले कम्तीमा दुईदेखि तीन सातासम्मका खेल गुमाउनेछन् । हाजार्ड यो सिजन मात्रै तेस्रोपटक घाइते भएका हुन् । उनी रियलमा अनुबन्ध भइकन कूल ९ पटक घाइते भइसकेका छन् ।

चोट बोकेसँगै हाजार्डले अब भोलि च्याम्पियन्स लिगमा हुने शाख्तर डोनेट्स्कसँगको खेलसहित अन्य ५ खेल गुमाउनेछन् । उनले च्याम्पियन्स लिगमा समूह चरणका बाँकी दुई खेलसहित ला लिगामा ४ खेल गुमाउनेछन् । हाजार्ड डिसेम्बर २० तारिखमा ला लिगामा हुने इएबारसँग खेलबाट मैदान फर्किने सम्भावना छ ।

प्रकाशित मिति १५ मंसिर २०७७, सोमबार १५:२२
Loading...