क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं, मंसिर १३
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सन्दीप आफैंले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् आफू कोरोनाबाट संक्रमित भएको जानकारी दिएका छन् । सन्दीपले सुरुमा आफूलाई शरीर दुख्ने समस्या देखिएको उल्लेख गरेका छन् ।

सन्दीपले हाल आफ्नो स्वास्थ्य अवस्थामा सुधार आउँदै गएको पनि जनाएका छन् । सन्दीप हाल होम आइसोलेसनमा रहेका छन् । उनले लेखेका छन्– ‘यदि सबै राम्रो हुँदै गए म फिल्डमा पुनः फर्किनेछु । तपाईंहरू मलाई आशीर्वाद दिनुहोस् ।’

प्रकाशित मिति १३ मंसिर २०७७, शनिबार १०:१४
Loading...