रियल मड्रिडलाई राहत : रामोस प्रशिक्षणमा फर्किए

एजेन्सी, मंसिर १२
स्पेनिस फुटबल क्लब रियल मड्रिडका कप्तान तथा प्रमुख डिफेन्डर सर्जियो रामोस प्रशिक्षणमा फर्किएका छन् । उनले आज शुक्रबारदेखि प्रशिक्षण सुरु गरेको क्लब रियलले जानकारी दिएका छ । रामोसले समूहसँगै प्रशिक्षण गर्दै गरेका तस्बिर रियलले सार्वजनिक गरेको छ ।

तर, रामोसले भोलि शनिबार राति ला लिगामा हुने अलाभेसविरुद्धको खेल भने गुमाउनेछन् । सो खेल खेल्ने टोलीमा रामोसलाई समेटिएको छैन । त्यसपछिको खेलमा रामोस उपलब्ध हुनेछन् । अलाभेससँगको खेलपछि रियलले आगामी मंगलबार च्याम्पियन्स लिगमा युक्रेनको क्लब शाख्तर डोनेट्स्कसँग खेल्दैछ । रामोस सो खेलबाट मैदान फर्किनेछन् ।

रामोस गत नोभेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय फुटबलअन्तर्गत जर्मनी र स्पेनबीचको खेल दौरान घाइते भएका थिए । आफ्नो भूमिमा भएको सो खेल स्पेनले ६–० ले जितेको थियो । त्यसयता रामोसले रियलका दुई खेल गुमाए ।

प्रकाशित मिति १२ मंसिर २०७७, शुक्रबार १६:३४
Loading...