काठमाडौं, मंसिर १०
च्याम्पियन्स लिग फुटबल प्रतियोगितमा आज राति एक रोमाञ्चक खेल हुँदैछ । जहाँ इटालियन इन्टर मिलान र स्पेनिस क्लब रियल मड्रिड समूह चरणको चौथो राउन्डको खेलमा आमनेसामने हुनेछन् । सो खेल नेपाली समयअनुसार राति ठीक १ः४५ बजेबाट मिलानको घरेलु मैदानमा सुरु हुनेछ ।
आज मिलानको टोलीमा सबैजसो प्रमुख खेलाडी उपलब्ध छन् । रोमेलु लुकाकु, लौटारो मार्टिनेज, अर्टुरो भिडाल, अचरफ हाकिमी, इभान पेरिसिचसहितका खेलाडी आज रियलविरुद्ध खास अस्त्र हुनेछन् । यता, रियललाई भने आज केही समस्या छ । कप्तान सर्जियो रामोस चोटका कारण टोलीमा नहुँदा कप्तानी राफाएल भाराने र मार्सेलोमध्ये एकले गर्ने सम्भावना छ ।
त्यसैगरी, रियलको मिडफिल्डमा टोनी क्रुस, कासेमिरो, लुका मोड्रिच, मार्टिन ओडेगार्ड र इस्कोसहितका खेलाडी ठीकठाक उपलब्ध छन् । फ्रन्ट लाइनमा इडेन हाजार्ड, मार्को एसेन्सियो, लुकास भासक्वेज, भिनिसियस जुनियर, डियाज मारिआनो, रोड्रिगो गोएस उपलब्ध छन् । करिम बेन्जेमा, लुका जोभिच, फेडे भाल्भर्डे चोट र कोरोना भाइरसको संक्रमणका कारण टोलीमा छैनन् । आज रियलको सुरुआती फ्रन्ट लाइनमा हाजार्ड, भिनिसियस र एसेन्सियो सुरुआत गर्न सक्नेछन् ।
Inter Milan predicted XI vs Real Madrid
Handanovic, Bastoni, Vrij, D’Ambrosia, Young, Vidal, Gagliardini, Barella, Hakimi, Lukaku, Martinez
Real Madrid predicted XI vs Inter Milan
Courtois, Carvajal, Varane, Nacho, Mendy, Casemiro, Kroos, Modric, Hazard, Asensio, Mariano
प्रकाशित मिति १० मंसिर २०७७, बुधबार १३:२२