‘इएल क्लासिको’का लागि रियलका प्रमुख खेलाडीलाई विश्राम

काठमाडौं, कात्तिक ५
स्पेनिस क्लब रियल मड्रिडका प्रमुख प्रशिक्षक जिनेदिन जिदानले शनिबार हुने सिजनको पहिलो इएल क्लासिको खेलका लागि टोलीका केही प्रमुख खेलाडीलाई आराम दिएका छन् । च्याम्पियन्स लिगमा समूह चरणको पहिलो खेल युक्रेनको क्लब शाख्तर डोनेट्स्कविरुद्धको प्लेइङ सेटमा जिदानले कप्तान सर्जियो रामोससहितका प्रमुख खेलाडीलाई समेटेका छैनन् ।

घोषित प्लेइङ सेटमा कप्तान सर्जियो रामोस, फरवार्ड करिम बेन्जेमा, मिडफिल्डर टोनी क्रुस, इस्कोसहितका खेलाडीलाई राखिएको छैन । यी ४ जना खेलाडीलाई जिदानले बार्सिलोनाविरुद्ध प्रयोग गर्ने गरी आराम दिएका हुन् । प्रमुख गोलकिपर थिबाउट कोर्टुवाले च्याम्पियन्स लिगको पहिलो खेल खेल्नेछन् ।

शाख्तरविरुद्ध खेल्ने रियलको टोली यस्तो छ :

प्रकाशित मिति ५ कार्तिक २०७७, बुधबार १६:१५
Loading...