यो सिजनलाई बाई–बाई : भान डाइकको अप्रेसन हुने क्लबद्वारा पुष्टि

काठमाडौं, कात्तिक ३
इंग्लिस क्लब लिभरपुलका चोटग्रस्त डिफेन्डर भर्जिल भान डाइकको अप्रेसन हुने भएको छ । क्लबले अफिसियल रूपमा प्रेस नोट जारी गर्दै डच खेलाडीको घुँडामा गम्भीर चोट परेकाले अप्रेसन गर्नुपर्ने भएको जनानकारी दिएको छ । टोलीका एक प्रमुख खेलाडी अप्रेसनसँगै लामो समय मैदानबाहिर रहेन भएपछि लिभरपुललाई नयाँ सिजनको सुरुआतमै ठूलो झट्का लागेको छ ।

प्रिमियर लिगमा अघिल्लो दिन अवे मैदानमा एभर्टनविरुद्ध खेल्नेक्रममा भान डाइक घाइते भएका थिए । चोट बोकर उनले ११औं मिनेटमै मैदान छाडेका थिए । उनी एभर्टनका इंग्लिस गोलकिपरको डरलाग्दो ट्याकलमा परेका थिए ।

मेडिकल जाँचपछि भान डाइकको अप्रेसन गर्नुपर्ने क्लबले बताएको छ । क्लबले भान डाइक पूर्ण रूपमा ठीक हुन कति समय लाग्न सक्छ भन्ने विषयमा केही बताएको छैन तर, सामान्यतः यस्तो केसमा खेलाडीलाई फिट हुन ७ देखि ८ महिनासमम लाग्न सक्छ । यसको अर्थ भान डाइकले यो सिजनका सबै खेल गुमाउने देखिएको छ ।

प्रकाशित मिति ३ कार्तिक २०७७, सोमबार ०४:१९
Loading...