काठमाडौं, असोज २७
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलअन्तर्गत अहिले साउथ अमेरिकन क्षेत्रमा छनौट खेल जारी छन् । छनौटमा दोस्रो चरणका खेलअन्तर्गत साउथ क्षेत्रको समयअनुसार आज राति र नेपाली समयअनुसार बुधबार बिहान एकैदिन ५ खेल हुँदैछन् ।
यसअघि सबै टिमले पहिलो चरण्का खेल खेलिसकेका छन् । दोस्रो चरणअन्तर्गतका खेलमा बोलिभियाले अर्जेन्टिनाको सामना गर्दा इक्वेडर र उरुग्वेबीच अर्को खेल हुनेछ । त्यसैगरी, पेरु र ब्राजिलको भिडन्त हुँदा अर्को खेलमा चिली र कोलम्बिया आमनेसामने हुनेछन् ।
नेपाली समयअनुसार खेल तालिका :
बोलिभिया भर्सेस अर्जेन्टिना – बिहान १ः४५ बजे
इक्वेडर भर्सेस उरुग्वे – बिहान २ः४५ बजे
भेनेज्वेला भर्सेस पराग्वे – बिहान ३ः४५ बजे
पेरु भर्सेस ब्राजिल – बिहान ५ः४५ बजे
चिली भर्सेस कोलम्बिया – बिहान ६ः१५ बजे
प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०६:४५