काठमाडौं, असोज २७
युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा आज चौथो चरणअन्तर्गत कूल ७ खेल हुँदैछन् । यसअघि सबै टिमले तेस्रो चरणका खेल खेलिसकेका छन् । आज रातिबाट चौथो चरणका खेल हुन लागेका हुन् । आज हुने खेलहरूमा विश्व फुटबलका पावरहाउस टोलीहरू स्पेन र जर्मनीले पनि आ–आफ्नो खेल खेल्दैछन् ।
आज राति हुने खेलमध्ये युक्रेन र स्पेनको खेल हेर्नलायक हुनेछ । यो खेल युक्रेनको घरेलु मैदानमा हुनेछ । त्यसपछि आजै राति जर्मनी र स्वीट्जरल्यान्डको अर्को रोमाञ्चक खेल हुनेछ । यो खेल जर्मनीको घरेलु मैदानमा हुनेछ । आज राति हुने खेलहरूको नेपाली समय यस्तो छ–
लाटभिया भर्सेस माल्टा – राति ९ः४५ बजे
अजरबैजान भर्सेस साईप्रस – राति ९ः४५ बजे
युक्रेन भर्सेस स्पेन – राति १२ः३० बजे
मोन्टेनेग्रो भर्सेस लक्जेमवर्ग – राति १२ः३० बजे
जर्मनी भर्सेस स्वीट्जरल्यान्ड – राति १२ः३० बजे
लिच्टेनन्सटेइन भर्सेस सान मारिनो – राति १२ः३० बजे
फारोए आइसल्यान्ड भर्सेस आन्डोरा – राति १२ः३० बजे
प्रकाशित मिति २७ आश्विन २०७७, मंगलवार ०५:१५