काठमाडौं, असोज २५
युइएफए नेसन्स लिग फुटबलमा आज राति दुई बलिया टोलीहरू फ्रान्स र पोर्चुगलको रोमाञ्चक खेल हुँदैछ । यो खेल नेपाली समयअनुसार राति १२ः३० बजेबाट फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ । फ्रान्स र पोर्चुगल सन् २०१६ को युरो कपको फाइनल खेलेको रंगशालामै चार वर्षपछि भिड्न लागेका हुन् ।
आज रातिको ठूलो भिडन्तमा फ्रान्स र पोर्चुगल दुवै टिमले पहिलो रोजाइका खेलाडी उतार्नेछन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, जुआओ फेलिक्ससहितका खेलाडी हुनेछन् । यता, फ्रान्सको टोलीमा पनि एन्टोनी ग्रीजम्यान, केलियन एमबाप्पे, पाउल पोग्बासहितका खेलाडी टोलीमा हुनेछन् ।
France possible starting lineup:
Lloris; Pavard, Varane, Lenglet, Hernandez; Kante, Pogba, Tolisso; Griezmann; Mbappe, Giroud
Portugal possible starting lineup:
Patricio; Cancelo, Dias, Pepe, Guerreiro; Danilo, Carvalho, Fernandes; Ronaldo, Felix, Bernardo Silva