एजेन्सी, भदौ ८
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका छन् । बार्सिलोनाले आइतबार राति आफ्नो घरमा रियल बेटिससँग खेल्दैछ ।
तर, सो खेलमा कप्तान मेस्सी नहुने भएका छन् । शनिबार राति बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले सार्वजनिक गरेको टोलीमा मेस्सी परेका छैनन् ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै भाल्भर्डेले मेस्सी १०० प्रतिशत फिट भइनसकेकाले उनीमाथि जोखिम नमोल्ने बताए । मेस्सीले चोटका कारण यसअघि ला लिगाको पहिलो खेल र मैत्रीपूर्णअन्तर्गत दुई खेल गुमाएका थिए ।
मेस्सी टोलीमा नहुने भएपछि बार्सिलोनालाई सिजनको पहिलो होम म्याचमा कठिन हुने देखिएको छ । यसअघि सिजनको पहिलो खेलमा हार भोगेको बार्सिलोना बेटिसविरुद्ध आफ्नो घरमा खेल्दा पनि दबाबमा हुनेछ ।
अन्य प्रमुख खेलाडी लुइस स्वारेज र उसामान डेम्बेले पनि चोटका कारण टोलीबाहिर रहेका बेला मेस्सीसमेत टोलीमा नहुँदा बार्सिलोनालाई समस्या बढेको हो ।
यस्तो छ बार्सिलोनाको टोली :