काठमाडौं, असोज २२
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि दक्षिण अमेरिकी क्षेत्रका देशहरूले स्थानीय समयअनुसार आज राति (नेपाली समयअनुसार भोलि बिहान) बाट छनौट खेल खेल्दैछन् । भोलि पहिलो दिन जम्मा तीन खेल हुनेछन् । यी तीन खेलमध्ये लिओनल मेस्सीको टिम अर्जेन्टिनाले भोलि बिहान इक्वेडरको सामना गर्दैछ ।
अर्जेन्टिनाले छनौट चरणको पहिलो खेल खेल्न इक्वेडरलाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । सो खेल नेपाली समयअनुसार शुक्रबार बिहान ६ः१५ बजेबाट सुरु हुनेछ । अर्जेन्टिनाको टोलीमा कप्तान मेस्सीसहित युवा स्टारहरू पाउलो डिबाला र लौटारो मार्टिनेजसहितका खेलाडी छन् । तर, यसपटक सर्जियो अगुएरो चोटका कारण टोलीमा छैनन् भने एन्जल डि मारिया टोलीमै परेका छैनन् ।
प्रशिक्षक लिओनल स्कालोनीले पहिलो छनौट खेलमा मेस्सीको कप्तानीमा पहिलो रोजाइको टोली उतार्ने तयारी गरेका छन् । उनले खेलअघि आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै मेस्सी राष्ट्रिय टोलीमा नयाँ उत्साह र सोचका साथ आइपुगेको र उनले टोलीलाई अघि बढाउन महत्त्वपूर्ण योगदान दिने बताएका छन् ।
Argentina Predicted XI (4-3-3): Esteban Andrada, Gonzalo Montiel, Lucas Martinez Quarta, Nicolas Otamendi, Nicolas Tagliafico, Giovani Lo Celso, Leandro Paredes, Marcos Acuna, Lionel Messi, Lautaro Martinez, Paulo Dybala
Ecuador Predicted XI (4-3-3): Alexander Dominguez, Angelo Preciado, Felix Torres, Xavier Arreaga, Pervis Estupinan, Alan Franco, Jhegson Mendez, Angel Mena, Renato Ibarra, Enner Valencia, Romario Ibarra
प्रकाशित मिति २२ आश्विन २०७७, बिहीबार १४:१३